६ श्रावण २०८१, आइतबार । July 21, 2024

समाचार

पत्नी सीताको उपचारका लागि भारत गए ‘प्रचण्ड’


२० पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि भारत गएका छन् ।

आफ्नी पन्ती सिताको उपचारका लागि उनी भारतको मुम्बई जाने जनाइएको छ ।

प्रचण्ड आजै नै दिल्ली हुँदै मुम्बई जाने जनाइएको छ । काठमाडौंबाट मुम्बई सीधा उडान नहुने भएका कारण प्रचण्ड काठमाडौंबाट दिल्ली र दिल्लीबाट मुम्बई जाने जनाइएको छ ।

सीतालाई मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टीम थेरापी गराइने प्रचण्डको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : २० पुस २०७७, सोमबार ००:००