८ जेष्ठ २०८१, मंगलबार । May 22, 2024

मुख्य खबर

पेरिसडाँडामा दाहाल-नेपाल समूहको भेला



काठमाडौं ३ पुस। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको काठमाण्डौमा भेलामा बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी रहेका छन् । पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन जिल्ला अध्यक्ष र सचिव साथै प्रदेश नं १ का केन्द्रीय सदस्यहरुलाई बोलाइएको जनाइएको छ ।

भेलामा प्रचण्ड र नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्नेछन् ।

प्रकाशित : ३ पुस २०७७, शुक्रबार ००:००