४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

नेकपा अन्तरविरोध झनै पेचिलो बन्दै



काठमाण्डौ १७ मंसिर । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध झनै पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठक भनाभनमै टुंगिएको थियो ।
दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमाथी छलफल गर्नेे कार्यसूचि भएपनि सचिवालय बैठकले खासै लय समाउन सकेन । महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको अवसरमा केक काटेर बैठकको सुरु भयो । सुरुमा हसिलो देखिएका नेताहरु बैठकमा प्रवेश गर्नसाथ एकअर्का बीच भनाभनमा उत्रिए ।
प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओलीको असहमती बीच आज दिउँसो १ जबे पुनः सचिवालय बैठक बोलाइएको छ । ओलीले आजको बैठकमा सहभागी नहुने संकेत गरेका छन् । अर्का अध्यक्ष प्रचण्ड पक्ष जसरी बैठक राख्ने पक्षमा छन् । ओलीको सहभागीता विना बैठक राखिए नेकपा अन्तरविरोध सुल्झिने भन्दा झन दरार आउने देखिन्छ ।
चुनावी गठबन्धन गर्दै पार्टी एकता गरेको (नेकपा) ले अनेकौ उतारचढाव, मनमुटाव र आरोप–प्रत्यारोप व्यहोरेता पनि पहिलो पटक दुई अध्यक्ष भिन्दाभिन्दै राजनीतिक प्रस्ताव दर्ज गर्ने तहमा आइपुगेका हुन ।


रस्साकस्सीका बीच कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए । १० दिनको समय लिएर अर्का अध्यक्ष केपी शर्मा ओलीले गत शनिबारको सचिवालय बैठकमा जवाफी राजनीतिक प्रस्ताव पेश गरे ।
दाहालले आफुमाथी संगीन आरोप लगाएको भन्दै ओलीको प्रस्तावमा दाहालमाथी दर्जनौ प्रतिप्रश्न उठाइएको छ ।
दाहालको प्रस्तावमा नेकपा गठन भएपछिका विषयवस्तु उठाइएको छ भने अर्का अध्यक्ष ओलीको प्रस्तावमा सशस्त्र युद्धसम्मका विषयवस्तुहरु समेटिएको छ । राजनीतिक नियुक्ति, कर्णाली प्रदेश विवाद, मन्त्रीपरिषद पुनः गठन लगायतका विषयमा बढेको विवाद सचिवालय बैठक हुदै १८ मंसिर स्थायी कमिटी र २५ मंसिरमा केन्द्रिय कमिटीमा लैजाने तयारी छ ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार ००:००