३० बैशाख २०८१, आइतबार । May 13, 2024

मुख्य खबर

पारिश्रमिक रकम वृद्धाश्रमलाई



डोटी, ७ माघ (रासस) : दिपायल सिलगढी नगरपालिका–३ का वडा सदस्य कृष्णबहादुर सुनारले आफुले पाउँदै आएको पारिश्रमिकवापतको रकम सिलगढीमा रहेको पुज्य धर्मान्तक वृद्धाश्रमलाई दिने घोषणा गर्नुभएको छ ।

नगरपालिकाको बैठक भत्ता लगायत थप अन्य पाउने सबै सुबिधा उहाँले सो आश्रमलाई दिने घोषणा गर्नुभएको हो । आज पत्रकार सम्मेलन गरेर उहाँले आफुले नगरपालिकाबाट पाउँदै आएको मासिक रु दुई हजार ५०० सो आश्रमलाई दिने घोषणा गर्नुभएको छ ।
गत जेठ २ गते खोलिएको सो बृद्धआश्रममा हाल चार बृद्ध रहेका आश्रम सन्चालक समितिका उपाध्यक्ष गणेश बमले जानकारी दिनुभयो । आश्रममा पुर्विचौकी २ बगलेक का ७३ वर्षीय रघु साँउद दिपायल सिलगढी–६ का ६५ बर्षीय भरत श्रेष्ठ, शिखर नगरपालिकाका ८५ वर्षीय किरुवा भुल र सायल गाउँपालिक–२ का अपाङ्ग अमरबहादुर सिंहले आश्रय लिईरहनुभएको छ ।

प्रकाशित : ७ माघ २०७५, सोमबार ००:००