४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

बिचार

सम्झनामा बन्दुक र याक्थुङ्बा संस्कार



नेपालको पूर्वोत्तर ईलाका अथवा पूर्वाञ्चलका क्षेत्रका नौ वटा जिल्ला वा दुईटा अञ्चललाई लिम्बुवान भनेर ऐतिहासिक रुपमा सम्बोधन गर्ने गर्दछन् । लिम्बुवान कसले भन्न लाए, लगाए वा याक्थुङ् मुन्धुमसंग मेल भएकोले यसो भनिए, ईतिहास लेख्नेहरुका मत स्पष्ट रहेको छैन । वास्तवमा यो लिम्बुवान भनेको नेपालका राजा र तिनका सरकारले नै लिम्बुवान बनाए र दिए । यससंगै ईतिहास लेख्ने काम गरे । वास्तवमा लिम्बुवान भनिएपनि यो क्षेत्रको पूर्वोतिहास भने लिम्बुवान नभएर याक्थुङ् लाजे ? भनेर चिन्दथे । याक्थुङ् लाजे?को अस्थित्वमा रहँदा पछि नेपालले सन्धि सम्झौता गरेर लगेर भएका सम्झौता, लालमोहर, रुक्का, तिज्र्या, सनद आदिहरुले लिम्बुवान बनाएर र दिएर अधिकाधिक उपयोग गरे, लिखित हल्ला गरे । चेतनामा आईसकेको गोर्खा साम्राज्यवादी शाह खान वंशीका नेपाल सरकारले आफ्नै समूहमा राज्य गर्ने छलकपट नजान्ने याक्थुङ्बा सरकारमाथि वि.सं. १८३१ सावन २२ गते दुई आपसी सन्धि सम्झौता देखि हरेक तौरतरिकाबाट विस्तारविस्तार नीति, नियम र कानूनहरु बनाएर धकेलेर उपल्लो किनारामा पु¥याउने काम गरे । यो प्रसङ्गमा याक्थुङ्बा जातिले चलाउने वन्दुक र वन्दुकको संष्कार सम्बन्धि सामान्य विचार दिने प्रयास गरेको छु ।
वास्तवमा याक्थुङ्बा भनिएका लिम्बू जातिले स्वतःसिद्ध वन्दुक चलाउने अधिकार पाएको थियो किनभने याक्थुङ्बाहरु वि.सं. १८३१ सावन २२ को सन्धिका मर्म र भावनाले पनि सदर गर्दछ । याक्थुङ्बाका राजा भनेको छ आनि राजा र नेपाल सरकार भनेको दश आनि राजाको रुपमा उक्त सन्धि पश्चात मुद्रा चलाएको ईतिहास छ । छ आनाको राजा वा सरकार भन्नाले केके अधिकारहरुमा पर्दछ, सत्ता सञ्चालन गर्नका लागि, सुशासनका लागि केके गर्नु पर्दछ भन्ने नै हो । तरैपनि सन्धि पश्चात याक्थुङ्बाहरुले निर्वाध रुपमा राजकीय स्वरुप वन्दुक चलाउने कार्य गरेका हुन । याक्थुङ्बाहरुले वन्दुकलाई जन्म, पर्दा र मर्दाका हरेक संष्कारमा चलाउने गर्दथे । यसको मतलव सलामी, सूचना र बडाईँको रुपमा यसलाई लिन सकिन्छ । वन्दुक दुईटा नियमले चलाईने चलन रहेको छ । एउटा शुभ चलन र अर्को अशुभ चलन हो । शुभ चलन भन्नाले वालक जन्मदा, शूभविवाह गर्दा, कूलपुजा सेवामा, घर बसाई गर्दा, साउने संक्रान्ति पर्वमा सहकाल बोलाउदा वन्दुक जोरनाल, जोर आवाज र जोर पटकको हिसाबले चलाउनु पर्दछ र यसमा बिजोर संख्या मानिँदैन । अशूभ चलन भन्नाले मृत्यु संष्कारमा पनि मृतकको लास दहन गर्नेसम्म एक नाल, बिजोर आवाज र विजोर पटक चलाउने गर्दछ । यसमा कूलथानमा राखेको शिकारी वन्दुक चलाउनु हुँदैन भने मृत्यु अवस्थामा चलाउने फाल्टै वन्दुक हुनु पर्दछ । यसमा जोर आवाज, जोर वन्दुक र जोर पटक हुनु हुँदैन । यसो भयो भने वन्दुक चलाउने र वन्दुक उपयोग गर्ने परिवारमा अशुभ तथा लोदर हुन्छ र उनको जनधनको क्षति हुन्छ भन्ने किम्वदन्ति रहेको छ ।
शुभ कार्जे भित्र वालक जन्मदा सकभर छोरा भएमा जोरवन्दुक (नाल) चार पटक र छोरी भएमा जोरवन्दुक (नाल) तीन पटक प्रयोग गर्दछन् । यसको अर्थ वालकको सलामि र पीताको हर्ष बढाई भन्ने रहेको छ । अचेल यसको त पुरै चलन हराएको छ । हराउनको मुख्य कारण सरकारले लिम्बुवान माथिको गिद्धेदृष्टि नै हो ।
अर्को कूलपुजा गर्दा पनि वन्दुक राखेर हतियारहरुको पुजा सेवा गर्ने चलन छ । यसमा वन्दुक, धनुवाण, भाला बर्छा, तलवार, खुँडा, कत्ति, ढाल, ढाल टोपी, खुकुरी आदि युद्ध हतियारहरुको पुजा सेवा कूलथानमा राखेर हाङ्साम्लाई पुजिन्छ । अचेल हाङ्साम् कूलपुजा गर्दा वन्दुक, तलवार, खुँडा, कत्ति आदिको प्रयोग गरेको देखिँदैन । किनभने वन्दुक, तलवार, ढाल, ढालको टोपी, खुँडा, कत्तिहरु राख्नका लागि वैधानिक हुनु पर्ने नियम बनाएर सबै नेपाल सरकारले खोसाएर लगे । यिनीहरु नपाएपछि धनुवाण बाँसको अस्थाई बनाएर, तलवार काठको नमूना बनाएर, भाला, वर्छा, खुकुरी, ढाल र ढालटोपी पनि मकैको खोस्टा बुनेर हाङ्साम्लाई बुझाउदछन् । ओर्जिनल ढाल र ढालटोपी याक्थुङ् मुन्धुम अनुसार यासाबु अथवा यासाको जुरोलाई मान्ने गर्दछ । यहि यासाबु समेत नेपाल सरकारले बटुलेर लगे । याक्थुङ्बा जातिको कूल देवता हाङ्साम्को पुजा गर्दा अनिवार्य रुपमा वन्दुक, धनुवाण, ढाल (यासाबु), ढालटोपी (यासाबु) तलवार, बार्छा, भाला, चौंरीको चमर चाहिन्छ । हाङ्साम् थेÞबा? पुज्दा ढाल (यासाबु), यासाबु (ढालटोपी) र तलवार नभएमा चुक्मिबा र लत्तिबाले प्रयोग गरेको मुन्धुम अनुसार यासाबु (ढाल)को सट्टामा जाँतो (लुम्सुम्), यासाबु (ढालटोपी)को सट्टामा ओखल (सुम्दाङ्) र तलवारको सट्टामा ओखलको मुङ्ग्रो मुस्लि (किःङ्वेÞत्) राखेर पनि प्रयोग गरे भन्ने कथन छ । किनभने ढाल (यासाबु), तलवार, ढालटोपी (यासाबु) सरकारले लगीदिएपछि यो विकल्पमा चुक्मिबा र लत्तिबाले प्रयोग गरेको लुम्सुम्, सुम्दाङ् र किःङ्वेÞत्को कथन गरेका हुन । याक्थुङ् मुन्धुममा ढालका लागि यासाबु वाहेक गैंडाको छालालाई पनि बनाए भन्ने रहेको छ । यी दुवै नपाउँदा ढालको लागि वेत (सिदि मादि)लाई बुनेर पनि प्रयोग गर्दथे भनेर मुन्धुमले स्पष्ट पार्दछ । हतियार तथा खरखजानाको ऐन बनाउनु भन्दा पहिले श्री ३ सरकारको पालामा नै सनद जारी गरी सबै वन्दुक, खुँडा, तलवार, ढाल, टोपी, कत्ति आदि हतियारहरु उठाएर लगे भने पछाडि ऐन बनाएर सबै याक्थुङ्बा घरकाहरुले राखेका वन्दुक लगायत अन्य हतियारहरुलाई अवैध बनाएर लगे । कुन शताव्दि देखि शुरु गरेको होला, हाङ्साम् पुजामा किन वन्दुक (तिम्मक्) चढाएर राखे होला ? अनुसन्धान गर्न वाँकि नै रहेको छ । वास्तविक हाङ्साम् पुजा गर्दा आठ आवाज, आठ वन्दुक, आठ पटक लगातार तीन दिनसम्म पड्काई हाङ्साम्को लाम्दाक् (स्वागत) गर्दथे । नसक्ने व्यक्तिले हरेक दिन जोरवन्दुकको जोर आवाजले आठ पटक गरेर हाङ्सामको बढाई गर्दथे ।
घरसार वा घरबसाईको अवस्थामा पनि याक्थुङ्बा जातिले वन्दुक प्रयोग गर्दछन् । नयाँ घरमा नयाँ हाङ्साम् थानको स्थापना, नयाँ वास्तु देवताको पुजा, वाह्य देउदेउताहरुको पुजा गरिने हुन्छ । यसरी नयाँ घरको हाङ्साम् थान स्थापना गर्दा वन्दुक अनिवार्य स्थापित थानमा उभाउनु पर्दथ्यो । यो वन्दुकसंगै धनुवाण, तलवार, खुँडा, कत्ति, भाला, बार्छा, ढालहरु समेत स्थापना गर्नुपर्दछ । नयाँ घरमा बसाई प्रारम्भ हुँदा वखत गरिने हाङ्साम् पुजामा पनि सक्नेले आठ वन्दुक, आठ आवाज र आठ पटक दिनमा प्रयोग गर्ने गर्दछन् भने नसक्ने व्यक्तिले जोर वन्दुक, जोर आवाज र आठ पटक दिनमा प्रयोग गर्ने गरेका छन् । हाङसाम्को स्थापनामा हाङसाम्को स्वागत स्वरुप बढाई गरेको भन्ने विश्वास गर्दछन् ।
यसरी नै शुभविवाहमा वन्दुकको प्रयोग याक्थुङ्बा जातिले अधिकाधिक रुपमा उपयोग गरेको देखिन्छ । शुभविवाहमा केटाको घरले चार वन्दुक, चार आवाज, जत्ति नै पटक भएपनि पड्काउनु पर्दछ । नसक्नेले भने जोर वन्दुक, जोर आवाज, जत्ति नै पटक भएपनि पड्काउनु पर्दछ । शुभविवाहमा भने लोकन्दिहरुलाई जत्ति पटक खाजा, पानी, नास्ता, खाना आदि दिँदा पनि वन्दुक पड्काउनु पर्दछ भने दुलहिलाई कोरीबाटि, फेराउनी र लिन जाँदा पनि पड्काउनु पर्दछ । घरमा भित्र्याउनका लागि आँगनमा पुग्दा, घरभित्र प्रवेश हुँदा, लगन हुँदा, च्याब्रुङ् नाच्नेहरुले आशिर्वाद दिँदा, तुम्याहाङहरुले आशिर्वाद दिँदा, अन्य निम्तालुहरुले आशिर्वाद दिँदा पनि वन्दुक पड्काउनु पर्दछ । दुलहिले खाना, खाजापानी बाँड्दा पनि वन्दुक पड्काउनु पर्दछ भने लोकन्दिहरुलाई पठाउदा घरमा एक पटक र केहि बोटोसम्म वन्दुक लगेर एक पटक पड्काएर वन्दुकहरु बाटामा विछ्याएर लोकन्दिहरुलाई प्रदर्शन गर्नु पर्दछ । यसरी राखेको वन्दुक कुनै पनि लोकन्दिहरुले नाघेर जानु मिल्दैन, यहि नाघेर गएमा दुलहा दुलहिमा शुव्यफाव्य नहुने भन्ने उक्ति रहेको छ । तसर्थ लोकन्दिहरुले उक्त वन्दुक माथि जोर पातको लासो बनाएर सम्मानका साथ रु. १ राखेर ‘हामीलाई सलामी अर्पण राम्रो गर्नु भयो र यो राम्रो खवर पु¥याउदछौं । हजुरहरुको वन्दुक उठाउनुस् र बाटो खोलाइ दिनुस्’ भन्दै नमस्कार गर्दछ र मात्र वन्दुकेहरुले रित प्राप्त गरेपछि वन्दुक उठाएर बाटो खोलाई दिन्छ अनिमात्र लोकन्दिहरु फर्कन्छन् ।
साउने संक्रान्तिका दिन बेलुका देखि एक वन्दुक भएपनि जोर पटक हुने गरी सहकालका लागि वन्दुक पड्काउने गर्दछन् । यसमा घरको ढुकुटिमा वन्दुक लिएर फन्को मारेर एक पटक, कुल थानमा एक फन्को मारेर एक पटक, सिरान तलामा एक फन्को मारेर एक पटक र भुईतलामा एक फन्को मारेर एक पटक गरेर वन्दुक पड्काउने चलन छ । यसो गर्दा अनिकाल भागि सहकाल आउने जनविश्वास रहेको छ । हरेक याक्थुङ्काका घरहरुले सहकाल ल्याउनका लागि पनि हाङ्साम् देउतालाई खुशि पार्न बढाई जस्तो वन्दुक प्रयोग गर्ने गर्दछन् ।
अशुभ कार्यमा याक्थुङ्बा जाति मरेको खण्डमा लास दहन गरि सकुञ्जेल एकनाल पटकपटक गरी विजोर संख्यामा पड्काउनु पर्दछ । यो वन्दुकको भने पुजा हुँदैन अथवा पुङ्साम् देउतामा राख्नु मिल्दैन । मानिस मरे पछि जब लासको लागि बाँसको चे (लास बोक्ने वस्तु) बनाए देखि भने मृतकलाई चे मात्र लगाउदा एक पटक, मृतकलाई घरभित्र आगो दिँदा एकपटक, लास घरबाट निकाल्दा एक पटक, आँगन नाघेर जाँदा एक पटक, बाटोहरुमा पनि डाँडा तथा चौताराहरुमा पु¥याउदा एकएक पटक गर्दै चिहान क्षेत्रमा पु¥याउदा एक पटक, लास गाड्नका लागि माटो खन्दा एकपटक, खोङ (खाल्डोमा ढुंगा मिलाई सकेर एक पटक, माटो किन्दा एकपटक, लास खोङमा लगाउदा एकपटक, लासलाई ढुंगाले छोप्दा एकपटक, माटोको भुईसम्म पु¥याउँदा एक पटक र अन्तमा चिहान उठाएर बढार्दा वखत अन्तिम पटक पड्काउनु पर्दछ । यसबेला वारुद उब्रेमा आगोमा लगाएर सेलाउनु पर्दछ भने फिर्ता लानु हुँदैन । अन्तिम पटक वन्दुक पड्काएपछि मलामी फर्कन थालेपछि उक्त वन्दुक पड्काउनु हुँदैन । यदि पड्काएमा पड्काउने व्यक्तिलाई जनधनको क्षति हुने जनविश्वास रहेको छ । पहिले पहिले मृतकलाई तारान्तर गर्ने सुद्धसङखे गर्नेका दिन पनि एउटा वन्दुक विजोर पटक पड्काउने चलन रहेको थियो तर यो चलन छाडि सकेको छ । यसमा पनि साम्दाक्खोङ राखे देखि खाउः संष्कारसम्म वन्दुक पड्काउथे ।
यसरी हरेक याक्थुङबा जातिमा प्रयोग हुने वन्दुक (मर्दा चलाउने वन्दुक वाहेक)लाई पुङसाम्माङको थान बनाएर पुजा सेवा गर्ने चलन रहि आएको छ । हरेक याक्थुङबाले पुङसामको पुजा सेवा गर्दछन् । यसरी वन्दुक राखि पुङसाम् देउता मान्ने याक्थुङबा जातिको संष्कारमा रहेका वन्दुकको चलन राज्यको दमनकारी नीति र नियमले वन्देज लगाएको छ । पुङसामको पुजा गर्दा वन्दुकको सट्टामा एउटा विम्व बनाएर र धनुवाण राखेर पुजा सेवा गर्दछन् । पुङसाम भनेको घरभन्दा वाहिर जंगलमा पुज्ने देवता हुन । यो पुजामा कसैले फुको पुजा सेवा गर्दछ भने कसैले पशुपंक्षिको वलि पनि दिने गर्दछन् ।
याक्थुङबा जातिलाई राज्यको हरेक क्रियाकलापबाट नाङगोझार बनाई निअष्त्र, कुरुप र सुलिखुत्ते बनाईदिएको छ । हातहतियार तथा खरखजाना ऐन बनाई याक्थुङबा संष्कार संष्कृतिमा ठाडो आक्रमण नेपाल सरकारले गरेका हुन । यस ऐन अन्तर्गत सक्ने याक्थुङबाले आफ्ना वन्दुकहरु धनकुटा वा ईलाम गौडामा गएर पास गरेर वैध वन्दुक बनाएर ल्याए भने नसक्नेहरुका लागि उनीहरुको वन्दुक अवैध भएर वस्यो । त्यत्तिमात्र कहाँ हो र, उनको हाङसाम्, जन्म, शुभविवाह, घरबसाई, साउने संक्रान्ति, मृतात्मा र पुङसाम देउता समेत राज्यले अवैध बनाए । यहि नीतिको निरन्तरता अहिलेको नेपालको संविधान पनि उभेको छ । अब याक्थुङ्बाहरु त नाङ्गा भएर एउटा नीजि घर र एउटा नागरिकता मात्र राखेका छन् । उनीहरुको आर्थिक स्थितिलाई भत्काउन किपटको नापी गरे, हरेक सेवा सुविधामा पछि पारे । पढ्न नलगाई उनीहरुलाई ढाक्रे, भुस्तिघ्रे, स्वाँठे, खर्पने बनाएर अब राज्यको नीति र संविधान देखि नै सुकुम्बासी मात्र होइन सरणार्थी आफ्नै माटोमा बनाएर राखे । यसको मुल जिम्मेवारी वर्तमान राजनीतिमा ठूला दलहरुलाई जानेछ । यस्तो अवस्थामा याक्थुङ्बा जातिको नीजित्व संष्कारमाथि आक्रमण गर्ने ति शासक वर्ग, धर्म र भाषालाई कायापलट नगरी याक्थुङ्बाको वन्दुक राख्ने संष्कार हराएर सकिने अवस्था रहेको छ । तसर्थ हरेक याक्थुङ्बाले हरेक घरमा वन्दुक (पासी वा वेपासी) जे भएपनि राख्नु, पुज्नु, हाङ्साम् तथा पुङ्सामको पुजा गर्नु पर्दछ । याक्थुङ्बा जातिको देउतामा राखिने वन्दुक आफैं संष्कारगत रुपमा वैध वन्दुक हुनु पर्दछ । राख्न नदिने वर्तमान सरकार, दल र दलका मानिसहरु नै याक्थुङ्बा संष्कारका लागि दमनकारी पक्षको रुपमा देखिन्छन् र उनीहरु नै याक्थुङ्बा संष्कार संष्कृतिको अन्तिम आक्रमणकारीको रुपमा देखिनेछन् ।

प्रकाशित : ७ माघ २०७५, सोमबार ००:००