२ बैशाख २०८१, आइतबार । April 14, 2024

समाचार

चेपाङलाई न्यानो कपडा वितरण



मुग्लिन । इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा९सिलिपिङ ब्याग० वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो ।

नेपाल आदिवासी महासङ्घका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरीब चेपाङलाई सहयोगका लागि छनोट गरिएको बताए ।

कठ्याङ्ग्रिदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकामा वडाध्यक्ष पञ्चबहादुर चेपाङले सहयोगीलाई धन्यावाद दिए । यहाँका प्राय चेपाङ दिनमा घाम र रातमा आगोको भर पर्नुपर्ने अवस्थामा रहेको स्थानीयवासी शिक्षक पदम चेपाङले बताए । जाडोमा न्यानो कपडा९सिलिपिङ ब्याग० पाएपछि खुशी व्यक्त गर्दै सहयोगी संस्थालाई चेपाङ समुदायले धन्यावाद दिएका छन् ।

ब्याग वितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष सोनाम लामा, नेपाल चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ, नेपाल जिरेल सङ्घका अध्यक्ष युवराज जिरेल, र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित : ६ माघ २०७५, आइतबार ००:००