१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश



 

काठमाडौँ, ५  नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहनुभएका भुसाललाई स्वागत गर्नुभयो ।

भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति हुनुभएको थियो । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित हुुनुभएको थियो ।
नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।” उहाँले काँग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।
–––

प्रकाशित : ५ माघ २०७५, शनिबार ००:००