७ श्रावण २०८१, सोमबार । July 22, 2024

मुख्य खबर

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् कारागारमा



ताप्लेजुङ, २ माघ ।  आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपश्चात् अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले मङ्गलबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

प्रकाशित : २ माघ २०७५, बुधबार ००:००