१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा



काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ ।

माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । उहाँले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति ९मकर सङ्क्रान्ति० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ

प्रकाशित : १ माघ २०७५, मंगलबार ००:००