२ बैशाख २०८१, आइतबार । April 14, 2024

छापा खबर

आजको पत्रपत्रिकाबाट



आजको अधिकांश उपत्यकाबाट प्रकाशित पत्रपत्रिकाले डा.केशीको अनशनको विषयमा समचार छापेको छ । नागरिक दैनिकले इलाममा १६ औं अनशनरत डा.गोविन्द केशीको स्वास्थ्य अवश्था नाजुक भएकाले तत्काल अस्पतालमा स्थान्तरण गर्नु पर्ने समचार प्राथमिकतासाथ छापेको छ । त्यस्तै स्वास्थ्य चौकीको सयोजक नै औषधी चोर भन्ने शीर्षकमा समचार पनि प्राथकितासहित छापेको छ । त्यस्तै ्ुर दैनिकले नागरिक उड्यन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको फेरि अर्को झुट भन्ने शीर्षकमा वाइडबडी प्रकरणको अर्को रहष्य सार्वजनिक गरेको छ । त्यस्तै सदस्य खाली,पिए बहाली भन्ने शीर्षकमा सरकारले गठन गरेको भाषा आयोगको विकृतीसम्बन्धी समचार प्राथमिकतासहित छापेको छ । त्यस्तै नयाँ पत्रिका दैनिकले भने बलत्कारपद्धि हत्या गरिएको निर्मला पन्तको सम्झनामा उनको शालिक निर्माण हुन भन्ने शीर्षकको समचालाई मुख्य समचारको रुपमा छापेको छ । गोरखा पत्र दैनिकले भने हालेै सरकारले विभिन्न देशका लागि पाँच जना नयाँ राजदूत सिफारीस गरेको कुनै गुनासो तथा उजुरी नपरेको भनि समचार छापेका छ । संसदीय समिति उनीहरुविरुद्ध केही पनि उजुरी नपरेको समचारलाई गोरखापत्र दैनिकले समचार छापेको हो । त्यसैगरी माघेसंक्रान्ति धुमधामकासाथ मनाइँदै भन्ने शीर्षमा पनि गोरखापत्र दैनिकले समचार छापेको छ । त्यस्तै राजधानी दैनिकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र लामो समयदेखि थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने ती गाडीलाई प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाइने गृहकार्य अघि बढाइएको हो । प्रधानमन्त्री कार्यालयले अब सिंहदरबारभित्र पुराना गाडी डम्प गरेर राख्न निषेध गरेको छ । मर्मत गरेर प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई तत्काल लिलाम गर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको समचारलाई प्र्राथमिकताका साथ छापेको छ । त्यस्तै अन्नपूर्ण पोष्टले तरुलमा पनि परनिर्भर भन्ने शीर्षकलाई आज माघे संक्रान्तिको चाड अर्थाथ तरुलको चाडमा यस समचारलाई प्राथमिकताकासाथ छापेको छ ।

प्रकाशित : १ माघ २०७५, मंगलबार ००:००