१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

आन्दोलनले सरकार नहट्ने सुडानी राष्ट्रपतिको दावी



खार्तुम, ३० पुस । सडानका कठोर राष्ट्रपति ओमर अल बसिरले अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दावी गर्नुभएको छ ।

डार्फरमा भएको एउटा ¥यालीलाई सम्वोधन गर्दै सोमबार उहाँले आन्दोलनकारीहरुले सरकार परिवर्तन गराउन नसक्ने दावी गर्नुभएको हो ।

प्रदर्शनकारीहरुले सरकार परिवर्तन गराउन सक्दैनन, आफ्ना समर्थकहरुको बीचमा उहाँले भन्नुभयो ।

दक्षिण डार्फर राज्यको राजधानी नियालामा उहाँका समर्थकहरुले ठूलो ¥याली निकालेका थिए । एक दिन अगाडि त्यहाँ सरकार विरोधी आन्दोलनलाई प्रहरीले निस्तेज पारेको थियो ।

“शक्तिमा पु¥याउन मतपेटिका मात्रै एउटा उपाय हो, कस्लाई पठाउने भन्ने बारेमा आउँदो सन् २०२० मा हुने निर्वाचनमा सुडानी जनताले निर्णय गर्नेछन्” उहाँले भन्नुभयो ।

उहाँ अर्को बर्ष हुने निर्वाचनमा फेरी उम्मेदवारी दिएर तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने तयारीमा हुनुहुन्छ ।

उहाँका विरुद्धमा सुडानमा गत डिसेम्बरदेखि आन्दोलन भइरहेको छ । सरकारले पाउरोटीको मुल्य बढाएकोप्रति असन्तुष्टि जनाउदै आन्दोलन भइरहेको छ । मुल्यबृद्धिका विरुद्धमा सुरु भएको आन्दोलन राष्ट्रपति बसिरको राजिनामा माग्नेसम्म पुगेको छ ।

प्रदर्शनकारीहरुले सत्ता परिवर्तनको माग गरिरहेका छन् । विद्यालयहरु बन्द छन् भने पत्रिकाहरुलाई पनि प्रकाशन नगर्न आदेश दिइएको छ ।

आन्दोलनका क्रममा अहिले सम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ भने हजाराँै घाइते भएका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यवृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ ।

अहिलेको आन्दोलनलाई सन् १९८९ मा राष्ट्रपति ओमार अल बशिरले शक्ति हत्याए यताको सबैभन्दा गम्भीर नागरिक असन्तोषका रूपमा लिइएको छ ।

सन् २०११ मा दक्षिण सुडान स्वतन्त्र भएपछि ठूलो मात्रामा तेल राजस्व गुमाउनु परेको र त्यसको परिणाम स्वरुप इन्धनमा दिइंदै आएको सहुलियत कटौती गर्न राष्ट्रपति बाध्य भएको बताइएको छ ।

सन् २०१२ मा पनि केहि इन्धन सहुलियत कटौती हुँदा केहि हप्तासम्म विरोध प्रदर्शनहरु भएका थिए ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००