१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

तस्बिर

माइ वेस्ट फ्रेण्ड वेभ सेरिजको इन्ड क्लाप



युवापुस्तालाई लक्षित गर्दै सुरु भएको पुर्वको लोकप्रिय वेभ सेरिज माइ वेष्ट फ्रेन्डको इन्ड क्लाप सेरेमोनी गरिएको छ । विर्तामोड स्थित होटल हेभनमा उक्त नेपाली वेभ सेरिजको भब्य रुपमा इन्ड क्लाप सेरेमोनीको गरिएको हो । युट्युव च्यानल साकेवा मुभिजबाट उक्त सेरिज पच्चिस भागसम्म प्रशारण गरिएको थियो ।

समापन कार्यक्रममा साकेवा मुभिजका संस्थापक ज्योतिराज राईको प्रमुख आतिथ्यमा सम्पूर्ण कलाकार र निर्माण टोलीलाई प्रसंशा पत्र वितरण गरिएको थियो । वहांले स्थानिय स्तरमा पनि रहेका कलाकारहरुको पहिचानलाई स्थापित गराउन उक्त वेव सेरिज निर्माण गरिएको बताए । युटु्यवमा पच्चिस एपीसोड सम्म उक्त सिरिजको निर्मातामा रमु श्रेष्ठ राई तथा निर्देशनमा किरण राई रहेका थिए ।

द इस्टर्न मिडियाले निर्माण गरेको सिरिज पूर्वकै लामो सिरिजमा कलाकारहरु भूवनसिंह राई, रोस्मिता श्रेष्ठ, सारा राई, सागर थापा मगर, प्रयास घिमिरे, सलिना गुरुङ, सुरेस राई, मेघा लिम्वु, स्मृति पोख्रेल, विवेश विष्ट, अनुप राई, रमेश बुढाथोकी आदिको अभिनय गरेका थिए । निर्देशक किरण राईको कथा, प्रयास घिमिरे र भुवनसिंह राईको पटकथा रहेको थियो । छायांकन, सम्पादन र निर्देशनमा किरण राई रहेका थिए । युवापुस्तामा लोकप्रिय उक्त वेव सेरिज भविष्यमा पुन अर्को रुपमा निर्माण गर्ने निर्माता रमु श्रेष्ठ राईले बताए ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००