७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

खेलकुद

झापा—११ द्धारा उपाधी रक्षा




पाँचथरमा सम्पन्न रुस्लान फाल्गुनन्द गोल्डकपको उपाधी झापा—११ जितेको छ । सोमबार भएको फाइनल खेलमा विभागिय टीम आर्मीलाई २—१ को गोल अन्तरले हराउँदै झापा—११ ले उपाधी रक्षा गर्न सफल भएको हो । खेलको २३ औं मिनेटमा झापाको तर्फबाट पुजन उभरकोटीले गोल गर्दै अग्रता दिलाएका थिए । निकै रोमाञ्चकारी रहेको प्रतिस्पर्धात्मक खेलमा आर्मीको तर्फबाट गोल गर्न निकै समय पर्खिनु परेको थियो । पहिलो हार्फको खेलमा १—० रहेको नतिजामा सिमित बन्यो भने दोस्रो हार्फको ७१ आंै मिनेमा आर्मीको तर्फबाट राजीव गुरुङले गोल गराउँदै खेलल बराबरीमा धकेलियो । तर,बराबरी नतिजालाई धेरै बेर टिक्न सकेन, खेलको ८३ औं झापाका पुजन उभरकोटीैल पुनः १ गोल थप गर्दै दोस्रो पटक अग्रता दिलाए । यहि गोल नै उपाधी रक्षाको लागि निर्णायक बन्यो । त्यसैगरी झापाले उपाधी रक्षा गर्नुका साथै प्रतियोगिताको व्यक्तिगत विधा तर्फा झापा—११ का खेलाडीको बर्चश्व रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका देवेन्द्र तामाङ घोषित भए । उनले यमाहा कम्पनीको १२५ सिसि मोटरसाइकल प्राप्त गरेका छन् । त्यस्तै राइजिङ प्लेयरमा फिदिम स्पोर्टिङका प्रवीण जवेगु घोषित भएका छन् ।
प्रतियोगिताको वेष्ट गोलकिपरमा झापाका मनोज प्रधान,वेष्ट मिड फिल्डरमा झापाका पुजन उभरकोटी,वेष्ट डिफेन्समा आर्मीका युद्ध शाही,झापाका दिलेन लोतmामा वेष्ट फरवार्ड,झापाका प्रवेश कटुवाट वेष्ट कोचको रुपमा पुरस्कृत भए । सर्वाधिक गोलकर्ताको रुपमा झापाका कर्ण लिम्बू पुरस्कृत भएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष मात्रिका तिम्सिना र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले विजेता टिम र खेलाडीलाई पुरस्कार,मेडल र ट्रफी प्रदान गरेका थिए । यस प्रतियोगिताको उपाधी रक्षा गर्ने झापा ११ ले नगद ४ लाख र उपविजेताले नगद २ लाख प्राप्त गरेका छन् ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००