२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

मनकामना वनको सधारण सभा समापन



मोरङ । पथरीशनिश्चरे नगरपालिका १ स्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह नवौं साधरण सभा सोमबार समपन भएको छ ।

समुहका अध्यक्ष नसुन्धरा गुरुङ, सचिव पुष्प लामा र कोषाध्यक्ष मचिन्द्र तामाङले प्रतिवेदन पेस भएको थियो । उपाध्यक्ष सन्तोष लिम्बूले स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी रहेका सामुदायिक वन उपभोक्ता महासंघ १ नम्बर प्रदेश समिती सचिब अग्नि पौडेल, डिभिजन बन उर्लाबारी मंगलबारेका प्रमुख तारिनीदत्त चौधरी, सब डिभिजन पथरीशनिश्चरेका प्रमुख महिमद अलाउदिन, वडा सदस्य धनप्रसाद साँबा, पत्रकार अर्जुन जम्नेली राई, शान्ती सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष हेमभक्त तमु लगायतले शुभकामना दिएका थिए ।

वन उपभोक्ता महासंघको सचिव पौडेलले प्रदेश सभामा ड्राफ्ट भइरहेको वन सम्बन्धी कानुन समुदायको पक्षमा नभए आन्दोलन गर्नुपर्ने बताए । प्रदेश सभामा तयार भइरहेको ड्राफ्ट हेर्न नपाएको बताउदै समुदायको पक्षमा कानुन निर्माण गर्न सभालाई अनुरोध गरे ।

उद्घाटन कार्यक्रममा बृद्द, बृद्दा, अपाङ्गता, एकल महिला उपभोक्तालाई सम्मान स्वरुप नगद तथा कपडा वितरण भएको थियो । साधारण सभाले नयाँ कार्यसमिती निर्वाचित गर्नेछ ।२१६ घरधुरी उपभोक्ता रहेको सामुदायिक वनको ७१।५९ हेक्टर क्षेत्र रहेको छ ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००