२३ बैशाख २०८१, आइतबार । May 6, 2024

अर्थ

एक हजार ७०० चल्ला बरामद



सर्लाही, ३० पुस  । भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चल्ला र गाडीलाई नियन्त्रणमा थिएको थियो ।

नियन्त्रणमा लिइएको चल्ला र गाडीलाई सर्लाही भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००