१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

समाचार

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह



काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताएको छ ।


काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘ सो अन्तरक्रिया कार्यक्रममा भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि सरकारविरुद्ध मुद्दा लडी आफ्नो पक्षमा फैसला भएको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यस सम्बन्धमा सम्बोधन गर्ने गरी ऐन ल्याउने तयारी गरिरहेको बताए । विश्वमा विज्ञान प्रविधिको विकास सँगै इन्टनेटको पहुँचले वर्तमान परिप्रेक्ष्यमा प्रिन्त मिडियाको लोक प्रियता खस्किदो अवस्था छ ,सोही परिस्थितिलाई मध्येनजर गर्दै भाषिक पत्रकारिता र पत्रकारको संरक्षणका लागि प्रेसकाउन्सिलले सक्दो पहल गरेको बताए । “भाषा बाँच्यो भने देश बाँच्ने हो, त्यसैले पनि आम भाषिक पत्रकारिता क्षेत्रले मातृभाषामा ध्यान दिनुपर्छ ।”
सो अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतकर्ता काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका अनुसार नेपालमा मातृभाषाका ६५ पत्रपत्रिका भए पनि ती व्यवसायिक बन्न नसके साथै यही अवस्था हो भने भाषिक पत्रकारतिा कायपलट हुने प्रस्तुत कार्यपत्रले दर्साएको छ । सो प्रस्तुत कार्यपत्रमाथि उपस्थित विज्ञ र भाषिक पत्रकारहरुले टिप्णी गरेका थिए । सो अन्तरक्रियामा भाषिक पत्रकारिता र पत्रपत्रिका चलाउन ठूलो चुनौती आएको साथै सरकारले समान विज्ञापन नीति नहुँदा भाषिक पत्रिकालाई निरन्तरता दिन सक्ने अवस्था नभएको भाषिक पत्रकारहरुले गुनासा गरे । जे जस्तो अवस्थामा भाषिक पत्रपत्रिका प्रकाशन तथा प्रसारण भइरहेको छ,तिनले पनि स्थानीय मातृभाषलाई समाचारलाई प्राथमिकता दिन सकेका छैनन् । पत्रकार आचारसंहिताको पालनाबाट मर्यादित र जिम्मेवार पत्रकारिताको विकास गर्ने तथा प्रेस स्वतन्त्रताको संरक्षण संम्बद्र्धन गर्दै पत्रकार आचारसंहिता पालना गर्न उत्प्रेरित गर्ने उद्देश्यले विस २०२७ असोज ६ गते काउन्सिल स्थापना गरिएको हो ।

प्रकाशित : ३० पुस २०७५, सोमबार ००:००