१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

मातृभाषामा शिक्षा



काठमाडौँ, पुस २९ , वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।

श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सडक विस्तारका नाममा जनताकोे घरजग्गा अधिग्रहण गर्न पाउने गरी आएको आवाससम्बन्धी विधेयकलाई श्रेष्ठले राज्यको अधिनायकवादी सोच भन्दै त्यसमा संशोधन दर्ता गराई पीडितको पक्षमा संशोधनसहित पारित गराउनुभएको थियो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः जातिको उत्थानका लागि मातृभाषामा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न मुलुकमा रहेका नेवारहरूले नेपाल भाषा संस्कृति जोगाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।

सम्मानित श्रेष्ठले नेपालको राष्ट्रिय एकीकरण नेपाली जनताको भावना जोडेर मात्र हुने बताउनुभयो । च्याप्टरका अध्यक्ष शाक्य सुरनेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले नेवारहरूको हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००