१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ



रत्ननगर, २९ पुस, नवलपरासी पूर्व्स्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पु¥याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् ।
उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो ।
–––

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००