२० बैशाख २०८१, बिहिबार । May 3, 2024

मुख्य खबर

आर्थिक समृद्धिमा जडीबुटी व्यवसायको योगदान’



राँझा, २८ पुस (वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जडीबुटी व्यवसायको प्रवद्र्धनबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने बताउनुभएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घको २०औँ साधारणसभाको आज नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बस्नेतले जडीबुटी व्यवसायतर्फ ठूला व्यवसायी आकर्षित गर्न वातावरण निर्माण गरिने बताउनुभयो । “जडीबुटी व्यवसायबाट समृद्धिमा योगदान पु¥याउनेबारे छिट्टै नीति तथा कार्यक्रम ल्याउँछौँँ”, उहाँले भन्नुभयो, “जडीबुटी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार छ ।”

मन्त्री बस्नेतले व्यवसायीले उठाएका समस्या ९० प्रतिशत समाधान गर्न वन मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा जस्तै अब वन क्षेत्रमा पनि कर सहुलियत र लगानीको व्यवस्था गरिने बताउनुभयो ।

साधारणसभामा जडीबुटी व्यवसायीले सरकारी बेवास्ताका कारण आफूहरुको व्यवसाय धरापमा परेको गुनासो गरेका थिए । नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष एवं प्रदेश नं ५ का प्रदेश सदस्य मोहम्मद याकुब अन्सारीले भारतले लगाएका अनावश्यक नियम हटाउन पहल गर्न सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताउनुभयो ।
–––

प्रकाशित : २८ पुस २०७५, शनिबार ००:००