५ बैशाख २०८१, बुधबार । April 17, 2024

मुख्य खबर

विवेकशील साझा पार्टीमा विभाजन



 

काठमाडौँ, २७  विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् । संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो छ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने सिफारिस गरेको जनाइएको छ । विवेकशील र साझा पार्टीबीच २०७४ सालमा एकता भएको थियो ।

प्रकाशित : २७ पुस २०७५, शुक्रबार ००:००