१२ श्रावण २०८१, शनिबार । July 27, 2024

अर्थ

सडक खाना महोत्सव हुने



कलैया, २२ चैत । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ बाराको सिमरामा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना हुने भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायी सङ्घ सिमरा बाराद्वारा आयोजित उक्त महोत्सव यही चैत ३१ गतेदेखि २०७४ वैशाख १ गतेसम्म सञ्चालन हुने होटल व्यवसायी सङ्घका अध्यक्ष मोहन शर्माले बताए ।
सिमरा एयरपोर्टसँगैको खुल्ला सडकमा हुने उक्त महोत्सवमा नेपाली मौलिक, नेवारी, थारु, थकाली, चाइनिज, इन्डियन, इटालियन तथा बेकरीसहित ५० भन्दा बढी खाना कक्ष रहने जनाएको छ ।
ख्यातिप्राप्त कलाकारद्वारा सांस्कृतिक प्रस्तुतिसमेत हुने भएकाले करिब एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिएको अध्यक्ष शर्माले बताए ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलबार ००:००