१० चैत्र २०८०, शनिबार । March 23, 2024

मुख्य खबर

नेपाली सेनाद्वाराबम निस्कृय, जयकृष्ण गोइतले लियो बमको जिम्मा



राजविराज, २२ चैत । सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ ।
राजविराज नगरपालिका–४ स्थित कल्टु पोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी (दास)को घरको मूलगेट र राजविराज नगरपालिका–५ स्थित कञ्चपुर रोडमा रहेको छोटु भनिने रवीन्द्र यादवको घर अगाडि बम फेला परेको थियो ।
दुवै ठाउँमा फेला परेको बमलाई राजविराज नगरपालिका–४ मा रहेको कल्टुपोखरीमा डिस्पोजल टोलीले डिस्पोज गरेको बताइएको छ ।
बम फेला परेको ठाउँमा आज बिहानैदेखि स्थानीयवासी त्रसित हुनुका साथै नजिकैको विद्यालयमा वार्षिक परीक्षा दिन आउने विद्यार्थी समेत त्रसित भएका थिए ।
दुवै स्थानबाट तराईमा सशस्त्र सङ्घर्षरत गर्दै आएका ९जयकृष्ण गोइत० नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०को पर्चासमेत फेला परेका छन् ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलबार ००:००