१२ श्रावण २०८१, शनिबार । July 27, 2024

मुख्य खबर

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ : वरिष्ठ नेता नेपाल



काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने – “स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।”

व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भने– “सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ ।”

“निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ ९लेनदेन० को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिई आफ्नौ हैसियत नाप्नुपर्छ” – उनले भने ।

उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसा पनि गरे ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलबार ००:००