१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

प्रहरी र व्यवसायी हत्यामा संलग्न राना पक्राउ



भीमदत्तनगर, २७ माघ । प्रहरी सहायक निरीक्षक र भारतीय मूलका नागरिकलाई हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
विसं २०६६ मा भारतीय मूलका व्यापारी विशाल जैन तथा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई हत्या गरी फरार रहेका कञ्चनपुरको बेलौरीका धनबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोस्टवान्टेड सूचीमा रहेका रानालाई प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोले कञ्चनपुरको बेलौरीबाट पक्राउ गर्न सफल भएका थिए । विसं २०६६ मा कञ्चनपुरको सुडामा कत्था व्यवसाय गर्दै आएका भारतीय नागरिक विशाल जैनको हत्यापछि पक्राउ परेका राना २०६६ असोज १२ गते जिल्ला कारागार तोडेर भागेका थिए ।
प्रहरी नायब निरीक्षक लोकराज भट्टले पक्राउ परेका राना लामो समयदेखि कञ्चनपुरका आपराधिक घटनामा संलग्न रहँदै आएको जानकारी दिए ।
कञ्चनपुरको दैजीमा २०६८ सालमा प्रहरी सहायक निरीक्षक भङ्गी रानालाई समेत गोली हानी हत्या गरेका निज रानालाई ब्युरोले बुधबार प्रहरीको जिम्मा लगाएको प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००