१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

तोकिएको मापदण्ड पूरा नगर्ने विद्यालयको खाता रोक्का



खोटाङ, २४ माघ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु फछ्र्योट नगर्ने विद्यालयको खाता रोक्का गरेको हो ।
तोकिएको मापदण्ड पूरा गर्ना साथ रोक्का गरिएको विद्यालयको खाता फुकुवा गरिने जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले जानकारी दिए। “जिल्लाका विद्यालय मनपरी तरिकाले सञ्चालन गरिएको छ”, नेपालले भने, “कम्तिमा नियमअनुसार सञ्चालन होस् भनेर विद्यालयको खाता रोक्का गरिएको हो ।”
विद्यालयको खाता रोक्का गरेपछि रोक्कामा परेका विद्यालयमा काम गर्ने शिक्षकले तीन महिनादेखिको तलब खान पाएका छैनन् । जिल्लामा प्रावि, निमावि र मावि गरी चार सय ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००