१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

डा. सिके राउत जनकपुरबाट पक्राउ



 

जनकपुरधाम, २० माघ । प्रहरीले डा सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पु¥याएको छ ।

उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यही माघ ५ गते लहानको सहिद चोकमा आयोजित कार्यक्रममा उनले गरेको भाषण राज्यविरुद्ध रहेको आशङ्का गरी अनुसन्धानका लागि पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।
धनुषाका एक प्रहरी अधिकारीका अनुसार उनलाई सिरहा जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्न पत्राचार गरेपछि पक्राउ गरी सिरहा प्रहरीलाई बुझाइएको हो ।
डा राउत बस्ने घरको ताला फोडी प्रहरीले खानतलासी समेत गरेको छ । उनलाई राज्य विप्लव मुद्दामा पक्राउ पुर्जी दिएर पक्राउ गरिएको बताइएको छ । दर्जनौँ प्रहरीले उनका साना नानीहरु र परिवारलाई त्रसित पार्दै दुव्र्यवहार गरेको प्रतिक्रिया अभियुक्त डा राउतका सहयोगी कैलाश महतोले विज्ञप्तिमार्फत जनाएका छन् । रासस

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००