१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

कारागारभित्र कैदीको मृत्यु



रत्ननगर चितवन, २० माघ । चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ ।
नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको आज बिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिएका छन्।
प्रहरी प्रमुखकाअनुसार ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि काठमाडौँबाट गत मङ्सिर २८ गते चितवनमा ल्याइएका उनको आज मृत्यु भएको हो । चोरीलगायत विभिन्न मुद्दामा रु १८ लाख ८४ हजार जरिवाना तिर्न नसक्दा उनी कैद भएका जनाइएको छ ।
उनको अहिलेसम्म आफन्तसमेत सम्पर्कमा नआएको जेलर काफ्लेले जानकारी दिए । अहिले केही बेरमा मुचुल्का उठाएर शवपरीक्षणका लागि भरतपुर अस्पताल पठाइने बताइएको छ । यहाँ अहिले क्यान्सर लागेका सातजना बिरामी उपचाररत छन् । भरतपुर कारागारमा अहिले क्षमताभन्दा झन्डै तेब्बर बढी अर्थात पाँचसय ९० जना कैदी र थुनुवा छन् ।

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००