१४ चैत्र २०८०, बुधबार । March 27, 2024

समाचार

झापाका स्थानीय तहमा वडा विभाजन



बनियानी झापा, २० माघ । स्थानीय तह पुनःसंरचनाअन्तर्गत झापाका नयाँ नगरपालिका र गाउँपालिकाको वडा विभाजन भएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति झापाका सदस्यसचिव दीपक दाहालका अनुसार समितिले नयाँ गाउँपालिका र नगरपालिकाको वडा सङ्ख्या तोकेको हो ।
आठ नगरपालिकामध्ये मेचीनगरमा १५ वटा वडा रहनेछन् । शनिअर्जुन र शिवसताक्षीमा ११–११, बिर्तामोड, भद्रपुर र दमकमा १०–१० तथा गौरादह र कनकाई नगरपालिकामा नौ–नौवटा वडा रहने जनाइएको छ ।
त्यस्तै, सातवटा गाउँपालिकामध्ये कचनकवलमा ६, कमलमा सात, हल्दिबारीमा पाँच र बुद्धशान्ति गाउँपालिकामा सातवटा वडा रहनेछन् । यस्तै, झापा गाउँपालिकामा सात, गौरीगन्ज गाउँपालिकामा ६ र बाह्रदशी गाउँपालिकामा सातवटा वडा रहने सदस्य सचिव दाहालले जानकारी दिए।

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००