६ आश्विन २०८०, शनिबार । September 23, 2023

समाचार

प्रहरी मेरो साथी



सामुदायिक विकास समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वर र ट्रीटन इन्टरनेशनल उच्च माध्यमि विद्यालयको संयुक्त आयोजनामा प्रहरी मेरो साथी नामक जनचेतनामुलक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक प्रताप सिं थापाले प्रहरीलाई आफ्नै साथी सम्झी विद्यार्थीहरुमा वा अन्य जो कोहीलाई समस्या परेको खण्डमा प्रहरी अथवा प्रहरीको टोल फ्रि नम्वर १०० मा सम्पर्क गर्दा जुनसुकै अवस्थामा पनि प्रहरीको सहयोग मिल्ने भन्दै प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।
ट्रीटन उमाविमा अध्ययनरत विभिन्न खेलकुमा आवद्ध छात्र छात्राहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । विद्यालय र प्रहरीको संयुक्त आयोजनामा आयोजित पहिलो कार्यक्रम रहेको उमाविका प्राचार्य मदन साक्यले वताए । कार्यक्रम उमाविका व्यवस्थापन समितिका संस्थापक प्राचार्य मदन शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २० माघ २०७३, बिहिबार ००:००