काठमाडौँ, २० माघ । ललितकला क्षेत्रको विकासका लागि सातौँ प्रज्ञासभाले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने औँल्याइएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले बुधबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञले नेपाली कलाको प्रवद्र्धनका लागि आन्तरिक विवाद गर्न नहुनेमा जोड दिएका छन्।
उपकुलपति शारदा चित्रकारले विधिसम्मत बसेको सभाले गरेका विभिन्न निर्णयलाई कार्यान्वयन गर्नुपर्ने बताउँदै कुलपतिले संस्थाभित्र विभिन्न किसिमले गुटबन्दी गरेको आरोप लगाए।
प्रतिष्ठानका सदस्यसचिव नवराज भट्टले संस्थाको नाममा रहेको जग्गामध्येबाट १५ रोपनी जग्गा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिलाउन सहमति गरेको बताउँदै सो निर्णय नमान्ने पदाधिकारीलाई नियोजित ढङ्गले प्रशासनिक कारबाही गर्ने गरेको बताए ।
प्राज्ञ सुषमा राजभण्डारीले नेपाली कलाकार तथा छिमेकी राष्ट्र बङ्गलादेश र पाकिस्तानका कलाकारबीच सांस्कृतिक तथा कलाको आदानप्रदान गर्न गरिएको सम्झौताका बारेमा कुलपति उपाध्यायले पदाधिकारीलाई जानकारी नगराएको आरोप लगाए ।
प्रतिष्ठानको आन्तरिक कारणले निर्धारित समयभन्दा करिब ६ महिनापछि गत पुस २४ देखि २९ गतेसम्म नक्सालस्थित प्रतिष्ठानको परिसरमा कुलपति उपाध्यायको अध्यक्षतामा सातौँ सभा सम्पन्न भएको थियो ।
साताँै प्रज्ञासभा बैठक सम्पन्न भएको एक हप्ताभित्र कुलपति रागिनी उपाध्यायले यही माघ ६ गते पुनः बोलाएको सभा प्रतिष्ठानको प्रचलित ऐन विपरीत रहेको उनीहरुको आरोप छ ।
प्रतिक्रिया