१२ श्रावण २०८१, शनिबार । July 27, 2024

खेलकुद

महिला भलिबल– एपिएफ र पुलिस सेमिफाइनलमा



सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयको भलिबल कोर्टमा आज सम्पन्न भएको खेलमा एपिएफले न्यु डायमण्ड एकेडेमीलाई २२–२५, २५–१२, २५–२२ र २५–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घलाई २५–१२, २५–१९ र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । रासस

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००