१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

राष्ट्रपति ओबामा आँसु खसाल्दै बिदाइ भाषण



barakअमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नी मिसेल ओबामा र छोरीहरू मालिया र सासाको प्रशंसा गर्दै आँसु खसालेका छन् ।

अमेरिकाको सिकागोमा राष्ट्रपतिका रूपमा बिदाइ भाषण गर्ने क्रममा उनी यसरी भक्कानिएका हुन् । वैवाहिक जीवनको २५ वर्ष पूरा गरेका ओबामाले पत्नी मिसेलले आफ्नो जीवनको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको र धेरै खुसी दिएको बताए ।
ुतिमी मेरो श्रीमती र मेरा दुई छोरीको आमामात्र होइनौं, वेस्ट फ्रेन्ड पनि हौु, बाराकले भने ।
लगभग १८ हजार मानिस उपस्थित कार्यक्रममा सम्बोधन गर्ने क्रममा रुमालले आँसु पुछ्दै ओबामाले थपे, तिमीले मेरो जीवन धन्य बनाइदियौ । मलाई र मेरो देशलाई गौरवान्वित बनायौ । ओबामा दम्पतीका दुवै छोरी सिकागोमा जन्मेका हुन् । मालिया र सासाले सबै कुरा सिकागोबाट पाएको भन्दै त्यहाँ बिताएका पुराना दिनहरू स्मरण गरेका थिए ।

१८ वर्षीया मालिया बाबुको बिदाइ भाषणमा सहभागी थिइन् भने १५ वर्षीया सासा परीक्षाको कारण अनुपस्थित थिइन् । मालियालाई सम्बोधन गर्दै ओबामाले मलाई तिमीहरूको बाबु भएकोमा गौरव लागेको छु भन्दा मालियाको आँखा रसाएका थिए । छोरीहरूकै कारण आठवर्षे ह्वाइट हाउस बसाइ रमाइलो भएको ओबामाको भनाइ थियो ।

सन् १९८९ मा पहिलो पटक भेट भएका बाराक र मिसेलले तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेका थिए । सिसेल ओबामाको प्रेग्नेन्सी फोटो कहिल्यै सार्वजनिक नगरेको भन्दै कतिपय पश्चिमा सञ्चारमाध्यममा मालिया र सासा ओबामा दम्पतीको सन्तान नभएको चर्चा भएको थियो । छोरीहरूकै कारण यी दम्पतीको सम्बन्धविच्छेद हुन लागेको निराधार हल्ला पनि चले पनि यसबारे उनीहरूले कहिल्यै मुख खोलेनन् ।

ओबामा दुई पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित पहिलो भाग्यमानी अश्वेत राष्ट्रपति हुन् । आफ्नो कार्यकालमा जति सफल र चर्चित रहे उनको बिदाइ भाषणको पनि त्यत्तिकै प्रशंसा भएको छ । उनको ठाउँमा स्थापित हुन लागेका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा भने उनले केही बोलेनन् । बरु आफूले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न चाहेको बताए । आफ्नो कार्यकालमा अमेरिका बलियो र सुदृढ भएको दाबी भने उनले गरे ।

आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनै पनि आतंककारी आक्रमण नभएको चीन, रसियाजस्ता प्रतिस्पर्धी मुलुकले अमेरिकाको विश्वमा रहेको प्रभावलाई बिथोल्न नसकेको पनि दाबी गरेका थिए ।

प्रकाशित : २८ पुस २०७३, बिहिबार ००:००