१२ बैशाख २०८१, बुधबार । April 24, 2024

खेलकुद

टुबोर्ग फाल्गुनन्द गोल्डकपको उपाधि झापाले उचाल्यो



fagunaandपाँचथर, २४ पुष । आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड क्लव झापाले चुमेको छ ।
फिदिम खेलमैदानमा आइतवार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै विर्ताले उपाधि चुमेको हो ।
निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित सकिएको थियो । दोश्रो हाफको २७ औँ मिनेटमा विर्ता युनाइटेडका योगेश गुरुङले ओपनीङ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
विर्ताले एक गोल गरेपछि दबाबमा रहेको ताप्लेजङ ४३ औँ मिनेटमा गोल गरी बराबरीको अवस्थामा आए । ताप्लेजुङका रोजिन धिमालले फ्रि किक मार्फत गोल गरेको थियो ।
बराबरीमा आएपछि खेल झनै रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको थियो । गत १५ गतेबाट सुरु भएको फाइनल हेर्न दर्शकको घुइचो लागेका थिए ।
समय समाप्त हुँदा पनि दुबै तर्फबाट गोल गर्न नसकेपछि अतिरिक्त १५ मिनेट समय थपिएको थियो । अतिरिक्त समय उपयोग गर्दै विर्ता युनाइटेडका वुद्ध चेम्जोङले गोल गरे । उनले गरेको गोल नै उपाधी चुम्नका लागि निर्णायक भयो ।

तस्विर :विजय लावतीको फेसबुकबाट

प्रकाशित : २४ पुस २०७३, आइतबार ००:००