६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मनोरञ्जन

ईलामबाट शुरु भयो वृत्तचित्र यात्रा



ईलाम, १७ मंसिर । किरात राई पत्रकार संघको आयोजनामा ईलाम बजारस्थित जिल्ला विकास समितिको हलमा वृत्तचित्र प्रदर्शन गरिएको छ । शहिद रत्नकुमार वान्तावाको जीवनीमा आधारित अगुवा पत्रकार जसकुमार राईद्धारा निर्मित तथा निर्देशित ‘बलिदान कहिल्यै मर्दैन’ र पत्रकार भिषण राईद्धारा निर्देशित ‘पहिचान’ वृत्तचित्र एकै साथ प्रदर्शन गरिएको थियो ।

वृत्तचित्र हेर्न ईलामका विभिन्न गाउँबाट दर्शहरु आएका थिए । वृत्तचित्र हेर्दा हेर्दै अधिकांश दर्शकहरुको अनुहार मलिन भएको थियो । वृत्तचित्रले शहिद रत्नकुमार बान्तावाको बलिदानलाई शसक्त रुपमा उठाएको दर्शकहरुको बताए । त्यसैगरी पहिचान वृत्तचित्रले जबरजस्ती दबाइएका हक अधिकारलाई समेटेको दर्शकहरुले बताए ।
पत्रकार कल्याणकारी कोषको सहयोगार्थ वृत्तचित्र यात्रा गरिएको संयोजक सन्दिप राईले बताए । वृत्तचित्र यात्रा ईलाम जिल्लाबाट शुरु भई झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा प्रदर्शन गरिने समेत संयोेजक राईले बताए ।

सगरमाथा अनलाइनबाट

प्रकाशित : १७ मंसिर २०७३, शुक्रबार ००:००