७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

ग्लोबल

चेचन्यामा रुसलाई जिताए चेचेनमा जन्मिएका खेलाडीले



j

सन् १९९० मा सोभियत संघको विघटनपछि दुईपल्ट लडाइँ गरिसकेको चेचन्याको भूमिमा रुसले फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ।

बुधबार चेचन्याको मैदानमा रोमानियाविरूद्ध खेलिएको मैत्रीपूर्ण खेलमा रुस १–० गोलले विजयी भयो। रोचक कुरा, रुसलाई चेचन्यामा विजय दिलाउन चेचन्याको राजधानी ग्रोज्नेमा जन्मिएका मागोमेद ओजदोईले गोल गरेका थिए। अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मागोमेदले खेल सकिन तीन मिनेटअघि गोल गरेका थिए।

रुसले सन् २०१८ मा विश्वकप फुटबलको आयोजना गर्दैछ। अखमद एरिनामा उपस्थित भएका ३० हजार फुटबल समर्थकमाझ रुसले १९९० पछि खेलेको हो।

प्रकाशित : १ मंसिर २०७३, बुधबार ००:००