१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

Life Style

मलेसीया : पहिलो गाँसमै ढुंगा



मेरो प्रवास बसाई करिब दुई बर्ष हुन लाग्यो । प्रवास सोचे जस्तो नहुनुमा ऐजेन्टको पनि ठूलो हात हुदो रहेछ भन्ने कुरा मैले प्रत्यक्ष देखेको छु । म लगायत पाँचथरका दुई जना र सिन्धुपाल्चोकका तीजना गरी जम्मा छ जना एउटै ऐजेन्सीबाट सन् २०१४ मा मलेसियाको लागि उडेका हौँ । हामीलाई ऐजेन्सीले उडानको बिहान मात्र त्रिभुवान विमानस्थलमा डकुमेन्ट दियो । ती डकुमेन्ट दुईखाले थिए ।

एउटा नेपालको एयरपोर्टमा देखाउने, अर्को मलेसियाका एयरपोर्टमा देखाउने । ट्याक्सीबाट नझर्दै मलेसियामा देखाउने डकुमेन्टलाई हतार–हतार झोलामा लुकाउन लगाए । काठमाण्डौँमा करिब महिना दिन उडान कुरेर हैरान बनेका थियौँ । डकुमेन्ट हेर्ने ध्यान नै भएन । कतिखेर मलेसिया पुगौँ जस्तो मात्रै भएको बेला । हाम्रो यात्रा पनि बंगलादेशको ट्रान्जिट भएर रहेछ । एजेन्टहरु यति धुर्त हुन्छ की सबै ठिक छ ठिक छ भन्छ कागजात उढ्ने बेला मात्र थमाउँछ त्यस कागजातमा के छ पढ्ने कसैलाई ध्यान नै हुँदैन ।

एजेन्टले हामी छ जनाका भिजा एउटै होटलमा भनेको थियो । मलेसिया एयरपोर्टमा आईपुगेपछि इमिग्रेसनले हाम्रो डकुमेन्ट हेर्दा पाँचथरका दुई जना साथीहरू केल र सिन्धुपाल्चोकका भाइहरु र म जोरबारुमा काम गर्ने भिजा भएको थाहा पायौं । मलेसियामा खुट्टा नटेक्दै एजेन्टले झुट बोलेको थाहा पाएर हर्षक भयौँ ।

अनेकौ पारिवारिक समस्याहरुको सपना पुरा गर्ने लक्ष्य लिएर बिदेश आउँछौ तर दुर्भाग्य भनौ, कैयौ साथीहरुले आफ्नो सपनाको पोका खोल्नै नपाई गन्तब्य स्थान आईपुग्दा दाँतमा ढुँगा लागेको महसुस गर्नु बाध्य छौ । यसरी बैदेशिक रोजगारमा लाखौ युवाहरु पलायन हुनु रहर होइन, म पनि एक संचारकर्मी थिए । देशको परिस्थितिले बाध्य बनायो । आफ्नो घर परिवारको आर्थिक स्थिति न्यून रहेकाले विदेशीन बाध्य भए । हामीसँग शीप कला कौशल छ तर ती शीप, क्षमता र कला कौशललाई उजागार गर्ने माध्यम र राम्रो वातावरण हाम्रो देशमा छैन । यो हुनमा हाम्रो पनि कमिकमजोरी छन् । मैले यस प्रवासमा आएको केही समय स्थानीय मले भाषाको अज्ञानताका कारण अप्ठ्यारो महशुश गरे । मेरो काम तत्कालीन समयमा वेटर थियो । तत्कालीन शुरुवाती दिनहरुमा भने भाषाको अज्ञानता भईन्जेल मलाई केही अप्ठ्यारो थियो ।

मलेसियामा ठुल्ठुला अस्पतालमा उपचार गर्नुलाई विदेशीहरुले पासपोर्ट नै दिनुपर्दछ । यो मलेसिया हरेक चिजको खुल्ला बजार भएको हुँदा यहाँ धेरै श्रमिक साथीहरु कुलत र विसंगतिमा परेका छन् । कतिपय साथीहरु मधपान गर्ने लतमा परेर पनि दुर्घटनामा परेका छन् । कतिपय साथीहरु जुवाजन्य खेलहरुका संगतबाट फसेर आफ्ना परिवारको भविष्य अन्धकारमा धकेलिरहेका पनि छन् ।

यहाँ धेरैले धेरै प्रकारको दुखकष्टहरुको सामाना गर्नुपरेको छ । प्रवासको कतिपय दुखहरु एजेन्टहरुको फोश्रो आश्वासन (झुटो एग्रिमेन्ट) को कारण छन् । कतिपय भाषाको अभाव र दक्षता भन्दा बाहिरको काम अरुको अधिनमा गर्नु परेको छ । कतिपय दुःखहरु स्वयंमबाट सिर्जित पनि छन् ।

जस्तो कि कुलतमा फस्नु, अरुको देखासिकी गरेर बिदेशी केटीसँग मायाप्रेममा फस्नु आदी । यी विभिन्न प्रकारको समस्याहरु मध्ये ऐजेन्ट र भाषाको अभावमा धेरै जसो अवैधानिक रुपमा काम गर्नु बाध्य बनेका छन् र कतिपय ले सेलेरी बिना काम गर्नु परेको अवस्था पनि छ अवैधानिक बनेर काम गर्दा श्रमशोषक मालिक पर्यो भने महिना भर काम गरेता पनि पारिश्रमिक नपाउन सकिन्छ । पारिश्रमिक मागेको खण्डमा गुण्डा लगाएर पिट्ने र पुलिस लगाईदिने धम्किहरुको सामना गर्नुपर्दछ । कतिपयको यस्तै विषयमा हत्या भएको पनि पाइयो त्यो भन्दा पनि जटिल कुरा अवैधानिक बनेर काम गर्दा दुर्घटनामा परियो भने वा अशक्त विरामी बनियो भने अस्पतालमा उपचार नपाई अकालमा मृत्युको मुखमा पुग्ने प्रवल सम्भावना रहन्छ ।

मलेसियामा ठुल्ठुला अस्पतालमा उपचार गर्नुलाई विदेशीहरुले पासपोर्ट नै दिनुपर्दछ । यो मलेसिया हरेक चिजको खुल्ला बजार भएको हुँदा यहाँ धेरै श्रमिक साथीहरु कुलत र विसंगतिमा परेका छन् । कतिपय साथीहरु मधपान गर्ने लतमा परेर पनि दुर्घटनामा परेका छन् । कतिपय साथीहरु जुवाजन्य खेलहरुका संगतबाट फसेर आफ्ना परिवारको भविष्य अन्धकारमा धकेलिरहेका पनि छन् । यहाँ हामी स्वंयले के गर्ने के नगर्ने, सोच सम्झिनु जरुरी छ । यो प्रवासमा मैले देखेको अनुभूति , भाषाको अज्ञानता हुनु शीपविकाशको तालिम नलिई परदेश लाग्नु, मधपानको सेवन तथा स्त्री लम्पट बन्नु एजेन्टको फोस्रो आश्वासनमा पर्नु साथीहरूको लहिलहिमा लागेर कम्पनीको नियम अनुसार काम नगर्नु हो ।

माथि उल्लेखित विभिन्न कारणहरुले आज नेपाली धेरै साथीहरु अलपत्र पर्ने गरेका छन् । तसर्थ समस्याहरुलाई प्रभावकारी रुपले समाधान गर्नुको खातिर पनि प्रवासमा संघसंस्थासँग आबद्ध हुन जरुरी छ भन्ने मेरो देखाई छ । प्रवासमा आईपर्ने यी विभिन्न बाधा, अडचनरुपी समस्याहरुबाट राहत महसुस गरियोस मलेसियामा प्राय अधिकतम ठुला कम्पनीहरु चाइनिज समुदायका छन् । ती ठुला कम्पनीका मालिकहरुले दक्ष कामदरलाई प्यारो ठान्दछन् । त्यसैले आफू के कामको लागि विदेश जादै हुनुहुन्छ सो काम सम्बन्धि राम्रो ज्ञान ( सीप ) सिकेर मात्र विदेशको यात्रा तय गरौं  ।

पाँचथर पन्चमीका लेखक हाल मलेसिया छन् ।

प्रकाशित : २६ कार्तिक २०७३, शुक्रबार ००:००