३ असार २०८१, आइतबार । June 16, 2024

Breaking

‘माइती आँगन’ तीज गीत सार्वजनिक



काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरलाई लक्षित गर्दै सम्पूर्ण नारीहरुमा प्रवासमा रहेका नेपालीको तर्फबाट उपहार स्वरुप तीज गीत भिडियो सार्वजनिक गरिएको छ ।

प्राश्ना शाक्यको स्वर रहेको सार्वजनिक ‘माइती आँगन’ बोलको गीतमा मन्जु खनालको शब्द रचना तथा सुनिल माष्केको संगीत रहेको छ। कुशल श्रेष्ठको छायांकन,सम्पादन र निर्देशन रहेको भिडियोमा तीजमा जम्मा भएर चेलीहरुले रमाइलो गरेको प्रसंगलाई देखाउन खोजिएको छ। बिनिता थापाको कोरियोग्राफी रहेको भिडियोको कलर संयोजन भरत रेग्मीले गरेका छन्।

भिडियोमा आस्था जोशी,रोश्ना कार्की,दिपिका श्रेष्ठ,निरु कोइराला,रिमा कंडेल,अमिका महत,शिक्षा पौडेल,बिनिता थापा,बिनी खनाल,प्रतिमा पाण्डे,मेरिना थापा,दिपक थापा र मैथाने मगर फिचर्ड छन्। भिडियो इनफोकस यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार ००:००