१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

डा. लोहनी आजदेखि राप्रपाको राष्ट्रिय अध्यक्ष



prakasकाठमाडौँ, १२ माघ । आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा प्रकाशचन्द्र लोहनीले सम्हालेका छन् ।

निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा लोहनीलाई आज सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।

उक्त कार्यक्रममा नवनियुक्त अध्यक्ष डा लोहनीले पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजाने र मुलुकमा विद्यमान समस्या समाधानमा सशक्त ढङ्गले क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले विधिका आधारमा पार्टी सञ्चालन गरी आसन्न महाधिवेशनलाई सफल बनाउने दृढता पनि व्यक्त गरे ।

केन्द्रीय अध्यक्ष कमल थापाले डा लोहनीको कार्यकालको सफलताको कामना गर्दै अहिले देशमा बलियो राष्ट्रवादी शक्तिको खाँचो रहेको औँल्याए। निवर्तमान अध्यक्ष राणाले पार्टीलाई बलियो र गतिशील बनाउन नेता तथा कार्यकर्ता सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय अखण्ड पार्टीसँग एकीकरणका लागि पार्टीका उपाध्यक्ष दीपक बोहराको संयोजकत्वमा राजीव पराजुली र हेमजङ गुरुङ सदस्य रहेको एक समिति गठन गरेको छ ।

मुलुकको राष्ट्रिय एकता तथा अखण्डता कमजोर बन्दै गइरहेको अहिलेको अवस्थामा आपसी मतभेद बिर्सेर साझा धारणा बनाउन सबै राजनीतिक दललाई बैठकले आग्रह गरेको छ । मधेस केन्द्रित दलका जायज माग पूरा गरी निर्वाचनको वातावरण बनाउन तथा यही माघ १५ गतेभित्र निर्वाचनको मिति तोक्नसमेत बैठकले माग गरेको छ । रासस

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००