३० बैशाख २०८१, आइतबार । May 12, 2024

Breaking

इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै



काठमाडौं । भाषागत विवाद झेल्दै आएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ । सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै विरोध बढिरहेका बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीमा लेख्न पाइने निर्णय गरेको हो ।

अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय सार्वजनिक गरिन् । उनका अनुसार पुरानोलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने निर्णय गरिएको छ ।

प्रकाशित : २२ चैत्र २०७९, बुधबार ००:००