२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Breaking

गठबन्धनको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डको आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी



काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक अपराह्न ४ बजेका बस्दैछ । मन्त्रालय भागबन्डा टुंग्याउन बैठक बस्न लागेको हो ।

सोमबार बसेको शीर्ष नेताहरुको बैठकले आज भागबण्डा टुंग्याउन बैठक बस्ने निर्णय गरेको थियो ।

आजको बैठकले मन्त्रीहरुको समेट टुंगो लगाउने तयारी छ । सकेसम्म प्रधानमन्त्री प्रचण्ड आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री भागबन्डाको मोटामोटी प्रस्ताव पेस गरे पनि त्यसमा सदै साझेदार दलहरूबीच सहमति भइसकेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।

प्रकाशित : १४ चैत्र २०७९, मंगलबार ००:००