२६ बैशाख २०८१, बुधबार । May 8, 2024

Breaking

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि लामिछाने



काठमाडौं । रवि लामिछाने नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

उनीसंगै समर्थकहरु पनि पुगेका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अहिले भिडभाड बढेको छ । अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको शुक्रबार सर्वोच्च अदालतले फैसला गरेको थियो ।

उनले प्रयोग गरिरहेका नागरिकताको प्रमाणपत्र खारेज भएसंगै उनका सांसद उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गएको थियो ।

प्रकाशित : १५ माघ २०७९, आइतबार ००:००