२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

Breaking

सत्ता साझेदार दलको बैठक बस्दै



काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक आज दिउँसो ३ बजे बस्दै छ । मन्त्री परिषद विस्तार, राष्टपति, उपराष्टपति बाडफाँड लगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको प्रचण्डको सचिवालयले जनाएको छ । सत्ता गठबन्धन उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि बुधबार साँझ प्रचण्डले छलफल गरेका थिए ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डले अधिकांश मन्त्रालय आफु मातहतमा राखेर चलाईरहेका छन् । ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएपनि भागबण्डा टुंगो नलागेका कारण विभागगिय मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छैनन् ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार ००:००