२६ बैशाख २०८१, बुधबार । May 8, 2024

Breaking

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गरे



विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गरेका छन् । कार्कीले ६० जना प्रदेश सभा सदस्यको समर्थन सहित दाबी पेश गरेको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम १ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरेका हुन् । प्रदेश प्रमूखले दिएको समय सकिनु एक घण्टा अघि नै उनीले दाबी गरेका हुन ।

कार्कीलाई आफ्नो पाटी नेकपा एमाले सहित माओवादी केन्द्र, राप्रपा र जसपाले समर्थन गरका छन् । ९३ सदस्य रहेको प्रदेशसभामा सरकार गठन गर्न ४७ मत चाहिन्छ । कार्कीलाई अब प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् ।

 

 

प्रकाशित : २४ पुस २०७९, आइतबार ००:००