१० बैशाख २०८१, सोमबार । April 23, 2024

Breaking

सेयर बजार ६.४३ अंकले घट्यो 



काठमाडौं , २१ कात्तिक । सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ । आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से साेमबार भने घटेको हो ।

साेमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ । कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ००:००