२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Breaking

चीनको सिचुवानमा ६.८ रेक्टरको भूकम्प, ६५ जनाको मृत्यु



चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ६५ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परि गान्जीमा ३७ जना र याआन सहरमा २८ जनाको मृत्यु भएको सिन्हुवाले जनाएको छ । गाँजीमा १२ जना बेपत्ता र ५६ गम्भीर घाइतेसहित १७० जना घाइते अवस्थामा छन् ।
भूकम्पका कारण वस्तीहरुमा सञ्चार विच्छेद भएको छ । कतिपय ठाउँहरुमा पहिरो समेत गएको छ ।

 

भूकम्पपछि ज्यान जोगाउन र क्षति न्यूनिकरण गर्न सीको निर्देशन

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमार परेको जनताको जीवन रक्षा पहिलो प्राथमिक दिन र थप मानवीय क्षति न्यूनीकरण सबै प्रयास गर्न जारी राख्न निर्देशन दिनुभएको छ ।

जनताको जीवन र सम्पत्तिको रक्षा गर्न पहल गर्ने निर्देशन दिदै सीले आपतकालिन व्यवस्थापन मन्त्रालय र अन्य विभागहरूलाई राहत कार्यमा राहत सहितको टोली सिचुआनमा पठाउन र जनमुक्ति सेना र जनसशस्त्र प्रहरी बललाई सक्रिय रूपमा सहयोग गर्न निर्देशन दिनु भएको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार ००:००