२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Breaking

गायिका समिक्षा अधिकारीको “हाँसेर“ सार्वजनिक



गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको “हाँसेर“गीतको भिडियो सार्वजनिक भएको छ । सुजन सुजित खत्रीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन ।

किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “हाँसेर“ गीतको भिडियोमा शर्मिला अधिकारी , दिव्या न्यौपाने , निशान जिसी , सन्तोष घिमिरे, मिलन कंडेल , प्रविण काफले र सन्तोष गैरेको अभिनय तथा नृत्य रहेको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार ००:००