२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

Breaking

‘कालो कोठी’ मा रोमान्टिक सुधिर र नम्रता



काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारी को स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत छ ।

गीतको भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ ।

सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा बुद्ध थापाको छायांकन र विष्णु खड्काको सम्पादन छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार ००:००