११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघिलोदिनसम्म १८ बर्ष पुग्नेले मतदान गर्न पाउने भएका छन् । त्यस्तो मतदाताको फोटोसहितको मतदाता नामावली भने हुनु पर्नेछ ।

निर्वाचन आयोगले मंगलबार मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै यो निर्णय गरेको हो । २०७९ साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै यो सुविधा पाउने छन् । आयोग साउन २० गतेबाट नयाँ मतदाताको नामावली संकलन गर्ने कार्य स्थगित गरेको छ ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार ००:००