२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

Breaking

सांसदहरु प्रहरीले बुझाएको अर्थमन्त्रालय सम्बन्धि सीसीटीभी फुटेज हेर्दै



काठमाडौं । चालु बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न  रहेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिमा प्रहरीले बुझाएको भिडियो फुटेज समितिका सदस्यहरु हेरिरहेका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको समयको सिसिटिभि फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो ।

प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको भिडियो समेत संलग्न भएपनि १४ गतेकै छ छैन भन्ने खुलेको छैन ।

प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्नु अघिल्लो दिन गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर समेत हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ । सोहि आरोपका कारण उनले राजिनामा समेत दिन बाध्य भए ।

प्रकाशित : १० श्रावण २०७९, मंगलबार ००:००