१० बैशाख २०८१, सोमबार । April 23, 2024

Breaking

भण्डारखाल जंगल पार्क



भण्डारखाल जंगल पार्क- यो सुन्दर पार्क गौशला चोक नजिकै रहेको छ । सिफल चौर र गौशलाको बीचमा रहेको यो पार्क निक्कै मनमोहक छ । काठमाण्डौ जहाँ घरैघरले ढाकिएको छ । यसको बीचमा पनि जंगलले ढाकिएको यति सुन्दर शान्त पार्क छ भनेर धेरैलाई थाहा छैन । ठूलो एरिया, ठूलाठूला रुख अनि ईटा विछ्याएर वरिपरि घुम्ने ठाउँ बीचबीचमा बस्ने फलैचा । निःशुल्क प्रवेशको व्यवस्था रहेको यस पार्कमा विहान बेलुका शान्त वातावरणमा रमाउन मानिसहरु टाढाटाढाबाट आउने गर्छन । तपाई काठमाण्डौ उपत्यकामा हुनुहुन्छ भने एक पटक अवस्य भण्डारखाल जंगल पार्क पुग्न नछुटाउनु होला ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार ००:००